मार्कुसको सहयोगमा मनहरीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तामसालिङ खबर
२१ माघ २०७७, बुधबार १६:०७

माघ, हेटौडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ्ग टाँडीमा रहेको सीता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको छ ।

विदेशी नागरिक मार्कुस बेलिङ्गरले टुहुरा, जेहेन्दार, गरिब तथा विपन्न परिवारका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन मंगलबार विद्यालय पुगेर शैक्षिक सामग्री वितरण गरिएको हो ।

मनहरी गाउँपालिका घर भई हाल युरोपमा बसोबास गर्दै आइरहेका जल्मा स्याङ्तानको पहलमा अष्ट्रियाका नागरिक मार्कुसले विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सहयोग गरेको बताए । उनले हरेक वर्ष २ पटक यस्तै विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्ध समेत जानकारी दिएको सञ्चारकर्मी लामाले बताए ।

विद्यालयका प्रधानध्यापक हरि प्रसाद अर्याल तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक अर्यालले विद्यालयमा मावि तह सम्मको पढाई भएपनि मावि तहका दर्बदी शिक्षक नरहेको र गाउँपालिकाले बेवास्था गरेको बताए ।

यस अघि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको श्री ज्योति प्राथमिक विद्यालयका ३५ जना विद्याथीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*