मकवानपुरमा कोरोना बिरुद्धको खोप लगाउने ७ सय ९३ जना

तामसालिङ खबर
१९ माघ २०७७, सोमबार ०९:०२

माघ, हेटौडा – मकवानपुर जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप लगाउनेहरु ७ सय ९३ जना रहेका छन् । कोरोना विरुद्धमा खोप लगाउनेहरु स्वास्थ्यकर्मी धेरै रहेका छन् ।

बागमती प्रदेशमा पहिलो चरणमा ७० हजार ३४ जनामा खोप लगाउने लक्ष्य अनुसार सोमबार सम्म झण्डै आधा जसोले खोप लगाएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।

यस प्रदेशमा ३८ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सफाइकर्मीलाई खोप लगाइरहेको छ । यस प्रदेशको काठमाण्डौ उपत्यकामा सबै भन्दा धेरै जनामा कोरोना बिरुद्धको खोप लगाइएको सेढाईले जानकारी दिए ।

१८ माघमा एकै दिनमा ९ हजार एक सय २९ जनामा कोरोना बिरुद्धको खोप लगाइएको छ । कोरोना बिरुद्धको खोप स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतका लाई भनेर सरकारले तोकेपनि निजी क्षेत्रका स्वास्थ्य संस्थाका प्रशासनिक कर्मचारी, पदाधिकारी समेतले कोरोना बिरुद्धको खोप लगाएका  छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*