ओली पक्षको प्रेस सङ्गठन नेपालमा जिम्मेवारी हेरफेर

तामसालिङ खबर
१९ माघ २०७७, सोमबार ०६:१५

माघ, काठमाडौँ – प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको सङ्गठनको गत माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले दिएको कार्यादेश अनुरुप केन्द्रीय संयोजक गणेश बस्नेतले पुनर्गठन गर्नुभएको हो ।

सङ्गठनको नयाँ जिम्मेवारीअनुसार प्रदेश १ को इञ्चार्जमा लीलाराज भट्टराई, संयोजकमा गणेश पोखरेल, सह-संयोजकमा हरिकुमार राई र नुतन श्रेष्ठ, प्रदेश–२ मा इञ्चार्ज लालबाबु शेख, सह-इञ्चार्जमा ईश्वरी काफ्ले, संयोजकमा फणि महत, सह-संयोजक धर्वेन्द्र झा र किरण कर्ण हुनुभएको छ ।

यस्तै, बागमती प्रदेशमा इञ्चार्ज हिरामान लामा, सह-इञ्चार्ज देवचन्द्र भट्ट, संयोजक शरद सापकोटा, सह-संयोजक शिशिर सिंखडा र प्रकाश दाहाल, गण्डकी प्रदेशमा इञ्चार्ज रामकृष्ण शर्मा, सहइञ्चार्ज श्याम कुँवर, संयोजक शुष्मा पौडेल, सह-संयोजक विद्रोही गिरी, सह-संयोजक रुद्र श्रीश मगर चयन हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा इञ्चार्ज सविन प्रियाशन चौधरी, सह-इञ्चार्ज रुद्र सुवेदी, संयोजक शोभाखर पन्थी, सह-संयोजक प्रदीप आचार्य र पार्वती पाण्डे कर्णाली प्रदेशमा इञ्चार्ज वीरबहादुर गिरी, सह-इञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी सहसंयोजक त्रिभुवन बिसी र कालिबहादुर मल्ल हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज हेमन्त पौडेल, संयोजक कृष्ण ओली, सह-संयोजक करण ताम्राकार, काठमाडौँ उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, संयोजक राजीव सिलवाल, सह-संयोजकमा लोकेन्द्र केसी र राजु सुवेदी हुनुभएको छ ।

प्रतिष्ठानमा इञ्चार्ज हरिबल्लभ नेपाल, संयोजक मोहन बाँस्तोला र सह-संयोजक सरोज ढुंगेल तथा एशोसियटमा इञ्चार्ज रामेश्वर कार्की, संयोजक समीर बलामी र सह-संयोजक श्रीहरी थापा चयन हुनुभएको छ । केन्द्रीय सह-संयोजक चयन हुनु बाँकी छ । सङ्गठनले अब जिल्ला समिति पुनःगठन गर्ने र चाँडै केन्द्रीय सदस्य पनि विस्तार गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*