सानोपोखरा क्लबद्वारा बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

तामसालिङ खबर
१९ माघ २०७७, सोमबार ०६:२७

माघ, हेटौंडा – खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले हेटौंडा वडा नम्बर १५ स्थित शुभकामना आधारभुत विद्यालय सानोसुकौलीमा अध्यनरत ५७ जना चेपाङ समुदायका बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा स्वीटर सामग्री आइतबार वितरण गरिएको छ ।

हेटौंडा ५ निबासी प्रकाशबाबु मल्लको ५ हजार रुपैया आर्थिक सहयोग र खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबको १७ हजार रुपैयाँ जम्मा गरि २२ हजार रुपैयाँ बराबरको विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा स्वीटर वितरण गरि सहयोग गरेको हो ।

क्लबको सल्लाहकार बिशालराज महतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खडक बहादुर लोको प्रमुख अतिथ्य रहेको थियोे भने कार्यक्रममा विद्यालयका शिक्षक मिनबहादुर राइ, क्लबका सदस्यहरु सतिस राई, बिकास महत, बिष्णु पुडासैनी लगायतको अतिथ्यता रहेको थियो।

त्यस्तै, क्लबले शनिबार मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा रहेको प्रतिभा प्राथमिक बिधालयका ३० जना विद्यार्थीहरुलाई १३ हजार रुपैया बराबरको न्यानो कपडा स्वीटर, शैक्षिक सामग्री, खाद्यान्न गरिएको थियो भने क्लबले यसअघि पनि मकवानपुरगढी गाउँपालिकामा रहेको रत्नदेवी आधारभूत विद्यालयका ९७ जना विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री सहयोग गरेको थियो । क्लबले कोरोनाको महामारी र लकडाउनको समयमा खाद्यान्न बैंक सञ्चालन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*