सुटुक्क आएर ढुंगापूजा गर्दैमा सिटी हल र सडक निर्माण हुँदैन – मेयर रेणु दाहाल

तामसालिङ खबर
१७ माघ २०७७, शनिबार १९:३२

माघ, चितवन – भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् ।

शनिबार चितवन आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हलको शिलान्यास गरेका थिए । उनले मेयर रेनु दाहाल पिकनिक खान गएर कार्यक्रममा सहभागी नभएको भन्दै गुनासो गरेका थिए । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मेयर रेनुले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् । उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् ।

प्रधानमन्त्री ओली एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै मेयर रेनुले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*