कुन अङ्ग फर्फराउँदा के हुन्छ ?

तामसालिङ खबर
९ माघ २०७७, शुक्रबार ०८:०५

एजेन्सी – समुन्द्र शास्त्रअन्तर्गत कुन अङ्ग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ भन्ने मानिन्छ ।

थाहा पाऔँ शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ ? चिउँडो फर्फडाउँदा स्त्रीसुख मिल्छ र धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ । निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा आफूले राखेको इच्छा पूरा हुन सक्छ । दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा आफुले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ ।

दाहिने आँखा मात्र फर्फराए शारीरिक कष्ट हुने गर्छ । दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ । ओठ फर्फराए मिल्ने व्यक्तिको आगमन हुन्छ भने मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ । दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ । ढाड फर्फराए केही विपद्को सम्भावना रहन्छ । छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ । दाहिने खुट्टा फर्फराए कठिनाई सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*