जाडोमा ओठ फुट्नबाट जोगिन यस्तो गर्नुस्

तामसालिङ खबर
१९ पुष २०७७, आईतवार १०:२८

एजेन्सी – जाडो समयमा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ । तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउ सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

के छन् उपाय ?
– ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस् । साथै ओठमा मह दल्नु भयो भने पनि ओठ फुट्दैन ।
– घ्यु र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ ।
– पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।
– जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।
– कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*