आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले फूलमायाले ल्याइन,’हेटौडा मकवानपुर भाग २’ (भिडियो)

दिलबहादुर लामा
१७ पुष २०७७, शुक्रबार १०:२४

पुस, हेटौंडा – मकवानपुरे गीतकार एवम् लोकदोहोरी गायिका फुलमाया थिङको नया लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

उनले ‘हेटौडा मकवानपुर’ बोलको गीतको अपार सफलतापछि ‘हेटौडा मकवानपुर भाग २’ लोकदोहोरी गीत ल्याएको छ । हेटौंडा म्युजिक क्रियसनको अफिसियल युट्युब च्यानलबाट बिहीबार सार्बजानिक भएको हो ।

गीतकार फुलमाया थिङकै शब्द, दिपक सागर तिवारीको लयमा रहेको सो गीतमा गायिका प्रमिला अर्याल र जनक लामा आवाज रहेको छ ।

मकवानपुरको विभिन्न ऐतिहासिक स्थान तथा पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नको लागि गीतमा ‘राम्रो पथपर्दशक बन्ने सके, घुम्न आउलान आन्तरिक पर्यटक, घुमी हेर्नुहोस् एकचोटी राम्रो हाम्रो हेटौडा मकवानपुर’ भनिएको छ ।

मकवानपुरको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले हेटौडा मकवानपुर भाग २ ल्याएको गायिका थिङले बताइन । केही स्थानहरु अझै छुटेका छन्, पछिको गीतमा समेट्ने बताए ।

गीतमा दामन पालुङ, मकवानपुरगढी, राइगाउ, झुरझुरे, गुम्बाडाँडा, मनहरी, बस्तीपुर, बनकरिया बस्ति, बकैया, भीमफेदी, सुकौरा, सालक पार्क, गढी दरबार जीपलाइन, डाडाबास, सहिद स्मारक सहित चर्चामा आएको राक्सिराङमा रहेको परेवाभिर समेत चर्चा गरिएको छ ।

अमृत कुमार लुङ्वाको निर्देशनमा तयार भएको भिडियोमा हेरुका लामा र फुलमाया थिङको अभिनय रहेको छ । भिडियोलाई सागर राईले छायाँङकन गरेका छन् भने भिडियो सम्पादन तुलाराम थापा र प्रसान्त सिवाकोटी गरेका हुन् ।

गायिका थिङले यसअघि नै हेटौँडा मकवानपुर, झ्याँई पार्छु फुलमाया, रातो गलबन्दी गीत र धोका दियो आफ्नै छायाँले, लगायतका गीत बजारमा ल्याईसकेकी छिन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*