पुस २५ देखि जसपाको दोस्रो चरणको आन्दोलन

ताम्सालिङ खबर
१६ पुष २०७७, बिहीबार १०:१८

पुस, काठमाण्डाैँ – जनता समाजवादी पार्टीले संसदको प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

जसपाले आगामी पुस २५ देखि माघ ७ गतेसम्म देशका विभिन्न सहरका १४ स्थानमा विरोधसभा आयोजना गर्ने भएको छ । जसपाले यस अघि गत पुस ८ गते, पुस १०, ११, १२ गते पुत्ला दहन, मसाल जुलुस, र्याली लगायत कार्यक्रमसहित देशव्यापी आन्दोलन गरेको थियो ।

पुस १२ गते जसपाले काठमाडौंको शान्ति वाटिका सहित देशका विभिन्न जिल्लामा र्याली र विरोधसभा गरेको थियो । पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा विरोध सभा गरिनेछ । विराटनगरमा जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सम्बोधन गर्नेछन् ।

धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरीले सम्बोधन गर्नेछन् । भैरहवामा महन्थ ठाकुर, सर्वेन्द्रनाथ सुक्ला र महेन्द्र राय यादवले सम्बोधन गर्नेछन् । पुस २७ गते विरगञ्ज, नेपालगञ्ज र जनकपुरमा विरोध सभा गरिनेछ । विरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत र वृशेष चन्द्र लालले सम्बोधन गर्नेछन् ।

नेपालगञ्जमा मो. इस्तियाक राई, महेन्द्र राय यादव र अमृता अग्रहरी सहभागी हुनेछन् । जकपुरमा राजेन्द्र महतो, रेणु यादव र शरतसिंह भण्डारीले सम्बोधन गर्नेछन् ।

पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा विरोध सभा गरिनेछ । पोखरामा डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारीले सम्बोधन गर्नेछन् ।

सुर्खेतमा मो. इस्तियाक राई, नवराज सुवेती र जितेन्द्र सोनल वक्ता रहनेछन् । विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले सम्बोधन गर्नेछन् ।

यसैगरी माघ ३ गते धरान, मलंगवा, सिरहा, कलैया र तौलिहवामा विरोध सभा गरिनेछ । धरानमा अशोक राई, रकम चेम्जोङ, पर्शुराम खापुङ र युवराज कार्कीले बोल्नेछन् ।

मलंगवामा राजेन्द्र महतो, महेन्द्र राय यादव र उमाकान्त झाले सम्बोधन गर्नेछन् । सिरहामा रेणु यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव वक्ता हुनेछन् ।

यसैगरी कलैयामा हुने विरोधसभामा राम सहायप्रसाद यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी र चन्दा चौधरी वक्ता हुनेछन् ।
तौलिहवामा शरतसिंह भण्डारी, मृगेन्द्रसिंह यादव, एकवाल अहमद शाह वक्ता रहनेछन् । आगामी माघ ७ गते सबै जिल्लामा पुनः विरोधसभा र र्याली आयोजना गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*