नेकपा बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

ताम्सालिङ खबर
१६ पुष २०७७, बिहीबार ०६:३१

पुस, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई गरेको हो ।

गत शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अब उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*