उत्सव चौलागाईंको ‘हासेकै छैन’ रिलिज (भिडियो)

तामसालिङ खबर
१६ पुष २०७७, बिहीबार ०९:२७

पुस, हेटौडा – मकवानपुरका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । टुवेल नोट्स युट्यूब च्यानबाट भिडियो सार्वजनिक गरिएको हो ।

प्रबीण भेडवालले आवाजमा रहेको गितमा विकास पाण्डेले संगीत भरेका छन् । लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको म्युजिक भिडियो बुद्ध थापाले खिचेका हुन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका छन् ।

लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुप न्यौपाने र बाल कलाकार आल्मा खतिवडाले अभिनय रहेको उक्त भिडियोमा प्रमोद श्रेष्ठले ड्रोन उडाएका हुन् ।

मकवानपुरका विभिन्न एफएमहरुको स्टेशन आइडी समेत लेखेका गीतकार चौलागाईको यसअघि अन्य गीतहरु बजारमा आएका छन् । चौलागाईको शब्दमा घनश्याम ढकाल र अस्मिता खड्काको स्वरमा ‘तिमी बिर हौँ, तिमी साहसी हौँ’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

त्यसैगरी ‘तिम्रो मेरो पिरतीमा कस्को आँखा लाग्यो’, संजोग गौतमको स्वरमा बजारमा आइसकेको छ । ‘देखाउन नसकिने माया’ बोलको गीत चौलागाईंकै स्वरमा बजारमा आइसकेको छ ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*