मनहरी ५ का मृगौला पिडित राईद्वारा सहयोगको याचना

तामसालिङ खबर
३० मंसिर २०७७, मंगलवार १०:४६

मंसिर हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका- ५, बसन्तपुरका सुनिल बहादुर राईले दुवै मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । घरको आर्थिक स्थिति न्यून भएकोले ४१ बर्षिय राईको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक सहयोगको याचना गरिएको सुनिलका बुवा बिष्णुबहादुर राइले बताए ।

उनका बुबाको अनुसार केही दिन देखि आँखामा समस्या, शरीर भारी भएकोले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना गराएको थियो । त्यहाँ उपचार गर्दा उनको दुवै मृगौलाले काम नगर्ने र मृगौला प्रत्यारोपण गर्नुपर्ने भनियो ।

जति सक्दो चाडै दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह बमोजिम आर्थिक जुटाउन नसकिएपछि सबै माझ सहयोगको याचना गरिएको पारिबारिक स्रोतले जनाएका छन् । हालसम्म राईको उपचारमा ९० हजार खर्च भइसकेको र घरको अवस्था नाजुक भएकोले परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् ।

उनलाई सहयोग गर्नेको लागि मृगौला पिडित सुनिलको भाइ सबिन राईको सम्पर्क नं. ९८६५१७५५९३ मा सम्पर्क गर्न सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*