रुबिनाको हत्यामा संलग्न आरोपितलाई सुधार गृहमा राख्न आदेश

तामसालिङ खबर
३० मंसिर २०७७, मंगलवार १०:२६

मंसिर, हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ मा भएको रुबिना पाख्रिनको हत्यामा आरोपित १४ बर्षीय बालकलाई सुधार गृहमा राख्ने आदेश भएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलासले हत्या आरोपित बर्षीयलाई बाल सुधारगृहमा राख्ने आदेश भएको हो ।बागमती गाउँपालिका वडा नम्बर-७ लामीटारका शेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिनको मंसिर ३ गते बेलुका हत्या भएको थियो ।

बालिकालाई ढुंगाले हानेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । आरोपित बालकलाई मंसिर ४ गते प्रहरीले पक्राउ गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*