मनहरीको दुर्गम क्षेत्र बालुभन्ज्याङमा गाउँघर क्लिनिक सन्चालन

तामसालिङ खबर
१७ मंसिर २०७७, बुधबार ०८:११

मंसिर, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकाको कर्णाली मानिने मनहरी – ६ रुपाचुरी बलुभञ्याङमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ ।

गाउँघर क्लिनिकको बागमति प्रदेशका प्रदेश सभा सदस्या ओम बहादुर ग्लानले उद्घाटन गर्नु भएको छ । क्लिनिकको उद्घाटन गर्नुहुदै बागमति प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले मनहरीको दुर्गम क्षेत्र रुपाचरीको चेपाङ तथा तामाङ सामुदयले सहज रुपमा सामान्य उपचार अव आफ्नै ठाउमा पाउने भन्दै खुसि व्यक्त गर्नु भयो ।

यो सस्था स्थापना गर्नु अघि सामान्य उपचारको लागि पनि मनहरी बजार तथा अन्य क्षेत्रमा धाउनु पर्ने बध्यता रहेको भन्दै उहाँले अब देखि सहज र सरल ढंगले आफ्नै घर अगाडी रहेको स्वास्थ्थ्य संस्थामा सेवा लिन सकिने बताउनुभयो ।

मनहरी गाँउपालिकाको ६ लाखको लागतमा निर्मित उक्त क्लिनिक सञ्चालनमा आए संगै स्थानिय चेपाङ तथा तामाङ समुदाय हर्षित भएका छन । कार्यक्रममा मनहरी गाउँँपालिकाका अध्यक्ष एकराज उप्रेती , उपाध्यक्ष मनिला विष्ट , ६ नम्बर वडका अध्यक्ष गोपीलाल मुक्तान तथा बिभिन्न ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*