भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या

तामसालिङ खबर
३ कार्तिक २०७७, सोमबार १०:०९

कार्तिक, ब्रसेल्स – अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन् ।

बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीलाई उद्धृत गर्दै पत्रकार रविचन्द्र भट्टराईले बताए। दुई बालिकाहरु नौ र तीन वर्षका थिए।

ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्। महिलाले आफैँ पनि मर्न चाहेको बताएकी थिइन् र प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ।

प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*