गण्डकी प्रदेशमा हालसम्म ५० संक्रमितको मृत्यु

तामसालिङ खबर
३ कार्तिक २०७७, सोमबार १०:०५

कार्तिक, पोखरा – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५ हजार ७ सय ८६ जना पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*