सार्वजनिक गाडीले आजबाट सबै सिटमा यात्रु चढाउन पाउने, भाडादर पुरानै लिनुपर्ने निर्णय

पत्रपत्रिकाबाट
२७ आश्विन २०७७, मंगलवार ०९:४६

असोज, काठमाण्डौ – सार्वजनिक सवारीसाधनले आज (मंगलबार) देखि सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।

सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ ।

यस्तै, कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उनले बताएका छन् । यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने निर्णय गरेको भए पनि थोरैले मात्र कार्यान्वयन गरेका थिए ।

दशैं, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो ।

ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन् । यात्रु नहुँदा अहिलेसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*