कोरोना न्युनिकरणको लागि खटिरहेका जनस्वास्थ्य निरीक्षक चौँलागाई सम्मानित

तामसालिङ खबर
२५ आश्विन २०७७, आईतवार १५:२१

असोज, हेटौंडा – मकवानपुरमा कोरोना भाइरस संक्रमण न्युनिकरण तथा व्यवस्थापनमा अग्रपङ्ती खटिरहेको जनस्वास्थ्य निरीक्षक भोला चौँलागाई सम्मानित भएका छन् ।

जनस्वास्थ्य निरीक्षक चौँलागाईलाई जिल्लामा कोरोना न्युनिकरण र व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै आइतबार हेटौंडामा सम्मान गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चौँलागाईलाई कदरपत्र सहित सम्मान गरेका हुन्।

चौलागाईले मकवानपुरमा कोरोना संक्रमणको सुरुवाती देखिनै हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ कर्रा आईसोलेसन वार्डको प्रमुखको भुमिकामा कुशल कार्य गरेर आइसोलेसनमा बसेका संक्रमितहरुको मन जितेका थिए ।

हाल उनि गोरेक्षेश्वर कोभिड १९ स्वाब संकलन केन्द्रमा अग्रपङ्ती खटिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*