नेपाल कोरियामैत्री अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

तामसालिङ खबर
२ आश्विन २०७७, शुक्रबार १६:५८

असोज, भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरिएको छ ।

रोटरी क्लव अफ मध्यपुर आरआई डिस्ट्रिक्ट ३२९२ नेपाल र भूटानले अस्पताललाई एक सेट पीसीआर मेसिन हस्तान्तरण गरेको हो ।
अस्पतालमा पीसीआर परीक्षण गर्न आउनेको चापलाई मध्यनजर गर्दै उक्त प्रोटेबल पीसीआर मेसिन हस्तान्तरण गरेको हो ।

उक्त अस्पताललाई नेपाल सरकारले असार २ गतेबाट कोरोना भाइरस परीक्षण गन स्वीकृति प्रदान गरेसँगै अस्पतालले पीसीआर विधिबाट स्वाब परीक्षण गर्न थालेको हो । यस अस्पतालमा दैनिक २ सय भन्दा बढी पीसीआर परीक्षण गराउन आउने गरेका बताइएको छ । साथै, २४ घण्टामा नतिजा उपलब्ध गराउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

यस अस्पतालले हालसम्म १० हजार भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिसकेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*