कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो

तामसालिङ खबर
३ आश्विन २०७७, शनिबार १९:५३

असोज, काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गए सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६२ हजार सात सय ९७ पुगेको छ । गएको २४ घण्टामा १० हजार तीन सय ३३ जनाको पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरि गएको २४ घण्टामा १४ सय ४७ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणबाट निकाे भएर घर फर्कनेको संख्या ४५ हजार दुई सय ६७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*