पाल्पामा आयुर्वेदिक औषधिको प्रयोग बढ्यो

तामसालिङ खबर
२ आश्विन २०७७, शुक्रबार ०६:०८

असोज, तानसेन (पाल्पा) – कोरोना संक्रमण फैलिदै गएपछि जिल्लाका वनजंगलमा पाइने जडिबुटीको प्रयोग बढ्न थालेको छ । कोरोना संक्रमणसँगै उच्च रक्तचाप, मधुमेह तथा रोग प्रतिरोधात्मक शक्ति वढाउनका लागि जिल्लाका विभिन्न जंगलहरुमा जडिबुटी खोज्नेहरुको संख्या तीब्र रुपमा बृद्धि भएको छ ।

जंगलमा पाइने चिनी लहराको प्रयोग बढ्न थालेको छ । यसको नियमित प्रयोग गर्नेहरुको संख्या बढ्दै गएका छन् । नियमित प्रयोग गर्नकै लागि चिनी लहराको खोजी गरेको हरि रावल वताउछन् ।

पछिल्लो समय अधिकांश मानिसहरु अश्र्वगन्धा, अमला, गुर्जाे जस्ता जडिबुटी खोजीका लागि जंगल जाने गरेका छन् । पतञ्जली योग समिति जिल्लाका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले जडिबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, रुघाखोकी लाग्न नदिने, ज्वरो रोक्ने भएकाले यसको प्रयोग बढ्दै गएको बताए ।

उनले भने, ‘कोरोना संक्रमण बढ्दै गएपछि जडिबुटीको प्रयोग र महत्व पनि बढ्दै गएको छ । जडिबुटी सेवन सँगसँगै योगाभ्यास पनि गर्नुपर्छ ।’

कोरोना संक्रमण फैलिएसँगै गुर्जाे लगायतका जडिबुटीको प्रयोग बढ्दै गएको उनको भनाइ छ । रुघाखोकी जस्ता भाइरल रोगहरुका लागि गुर्जाै अमृत समान औषधि भएकाले तानसेनबाट उक्त जुडिबुटी खोजीको लागि जंगलमा जाने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*