मनहरीमा कोभिड अस्पताल बन्ने, रमन्टारमा आइसोलेसन

तामसालिङ खबर
२ आश्विन २०७७, शुक्रबार १९:५९

भदौ, हेटौडा (मनहरी) – कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि मनहरी गाउँपालिकाले कोभिड अस्पताल निर्माणको तयारी थालेको छ । गाउँपालिकास्तरिय बिपद ब्यवस्थापन समितिले गाउपालिकाभित्रै सुविधायुक्त कोभिड अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।

हाल आइसोलेसनको रुपमा रहेको मनहरी ८ सिम्पानी स्थित वडा कार्यालय भवनमा कोभिड अस्पताल निर्माणका लागि तयारी सुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण कतिपय अस्पतालहरुमा उपचार नपाएरै बिरामीको मृत्यु हुने गरेका घटनालाई मध्यनजर गरी चिकित्सकीय सेवा सहित अन्य उपकरणहरु खरिद गरी गाउँपालिकाले कोभिड अस्पताल चलाउन लागेको हो ।

हाल आइसोलेसनको रुपमा रहेको स्थानलाई कोभिड अस्पताल बनाइएपछि हाल क्वारेन्टाइन रहेको मनहरी ७ रमन्टारस्थित राष्टिय आधारभुत बिद्यालयमा आइसोलेसन निर्माण गरिने भएको छ ।

कोरोना संक्रमण भई होम आइसोलेसनमा बस्न नसक्नेहरुलाई सो आइसोलेसनमा राखिने बताइएको छ । गाँउपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना रोकथाम र न्यनिकरणका लागि गाउँपालिकाले विभिन्न वडा तथा टोलहरु सिल समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*