राक्सिराङका सबै जनप्रतिनिधिको कोरोना बिमा

तामसालिङ खबर
१ आश्विन २०७७, बिहीबार १०:१३

असोज, हेटौंडा – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले सबै जनप्रतिनिधिको कोरोना बिमा गर्ने भएको छ । कोरोना महामारीकाबीच जनप्रतिनिधिले नै अग्रपंतिमा समुदायमा भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनीहरुलाई उच्च जोखिम रहेको भन्दै कोरोना बिमा गर्न लागिएको हो ।

एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गराउनको लागि गाउँपालिकाले प्रत्येक वडाका वडाध्यक्षतथा वडा सदस्यको व्यक्तिगत विवरण उपलब्ध गराउन आह्वान गरेको छ । नामथर, जन्ममिति, पद, नागरिकता नम्बर र इच्छाइएको व्यक्ति उल्लेख गरी विवरण माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । गाउँपालिकामा हाल ४५ जना जनप्रतिनिधि रहेका छन् ।

उनीहरुलाई गाउँपालिकाकै खर्चमा कोरोना बिमा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । ‘कर्मचारी जति सबैको केन्द्रबाटै बिमा भइसकेको छ । गाउँपालिकाको जनप्रतिनिधिको पनि बिमा आवश्यक देखेर ढिलै भए पनि हामीले बिमा गर्ने निर्णय ग¥र्यौं, आचार्यले भने ।

गाउँपालिका कार्यालयसँगै रहेको बैंक र होटलका कर्मचारी गरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै चैनपुरमा रहेको गाउँपालिका कार्यालय पनि गत शुक्रबारदेखि शिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत कर्मचारीहरु अहिले होम क्वारेन्टाइनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*