हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

तामसालिङ खबर
१ आश्विन २०७७, बिहीबार ११:०६

एजेन्सी, असाेज – मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला परेको बताएका छन् ।

मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडियाेसहित सामग्रीहरू ट्विटरमा हालेका छन् । अहिले उक्त फाेटाे र भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

भिडियाेमा त्यही दिन दिउँसो २:०१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ । त्यसमा उक्त बाँदरले फोनको क्यामरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभूमिमा काग कराएको सुनिन्छ।

रोद्जीले आइतवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेपछि आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि जङ्गलमा घण्टी बजेको सुनिएको बताए । खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटिएको थियो।

एक आफन्तले फोनमा चोरको तस्बिर होला भनेर ठट्टा गरेको सम्झिँदै फोन खोलेर हेर्दा बाँदरका तस्बिरहरू भेटिएको उनी सुनाउँछन् । बाँदरले सेल्फी खिचेको विषय समाचारमा आएको यो पहिलो पटक भने हैन। सन् २०१७ मा एक ब्रिटिश फोटोग्राफरले बाँदरले खिचेको विषयमा मुद्दा खेप्नुपरेको थियो। बीबीसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*