मकवानपुर जुडो संघको रक्तदान कार्यक्रममा ३५ जनाले रगत दिए

तामसालिङ खबर
२७ भाद्र २०७७, शनिबार १४:४७

भदौ, हेटौडा – मकवानपुर जुडो संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिहान भएको रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेका थिए ।

संघको अध्यक्ष सबिन मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कोरोनाको महामारीको बिचमा रगत अभावमा विरामीले समयमै उपचार पाउन नसकेकाे खबरलाई मध्यनजर राख्दै संघले रक्तदान कार्यक्रमको आयोजना अध्यक्ष मोक्तानले बताए ।

संघले हेटौंडा उपमहानगरपालिका – १ मा रहेको रक्त संचार केन्द्र (ब्लड बैङ्क) मा आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रगत दान गरेका थिए । कोरोनाको बिकराल समयमा रगत संकलनमा अभाव हुन नदिन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपाको जिल्ला सचिबालय सदस्य फुर्पा दोर्जे लामा, जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सानुकुमार लामा, ब्लड बैंक केन्द्रको प्रमुख टंक प्रसाद दाहाल, नगर खेलकुद विकास समितिको चन्द्र शाही, नेपाल रेडक्रस सोसाइटिको उपसभापति यशोदा श्रेष्ठ, नेपाल खेलकुद महासघको अधक्ष धरम लामा, शारीरिक सुगठनको अध्यक्ष सुनिल लोप्चन, बेरोजगार युवा संगठनको अध्यक्ष सुरेश बेरोजगार, १० नम्बर वडा सदस्य धर्म बस्नेत, मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नगर अध्यक्ष सबिन लामा लगायतको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*