मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि

तामसालिङ खबर
२७ भाद्र २०७७, शनिबार १३:३०

भदौ, हेटौडा – शनिबार दिउसो मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा १५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरका ६ जना, मनहरी गाउँपालिकाका ७ जना, पर्सा र बारा जिल्लाका एक/एक जना गरी १५ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*