कोरोनाको संक्रमण बढेपछि राक्सिराङको चैनपुर क्षेत्र सिल

तामसालिङ खबर
२६ भाद्र २०७७, शुक्रबार २०:०९

भदौ, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउपालिकामा बिहिबार एकैदिन ६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि गाउपालिकाको केन्द्र समेत रहेको चैनपुर क्षेत्र सिल गरिएको छ ।

गाउपालिकाले सुचना जारी गर्दै आगामी असोज २ गतेसम्मका लागि गाउपालिकाको कार्यलय सहित चैनपुर क्षेत्र सिल गरिएको जानकारी गराएको छ ।

सिल गरिएको समयमा सो क्षेत्रका बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, होटल तथा पसलहरु सन्चालन नगर्न आग्रह गरिएको छ ।

गाउपालिकाको कार्यलायबाट प्रवाह हुने सबे किसिमको सेवाहरु बन्द गरिएकोसमेत सुचनामा उल्लेख छ । त्यस्तै गाउपालिका अन्तर्गतका बिभिन्न वडाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा समेत भाद्र २७ गतेदेखि असोज २ गतेसम्म बन्द गर्न आग्रह गरिएको छ ।

गत भाद्र २२ गते स्वाब लिइएको मध्ये ६ जनामा बिहिबार कोरोना पोजिटिभ आएको थियो । संक्रमितहरु बैंक कर्मचारी, होटल व्यवसायी लगायत छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*