जमैकामा ‘जमैका नेपाली सोसाइटी’ गठन

तामसालिङ खबर
२६ भाद्र २०७७, शुक्रबार १९:२५

भदौ, अमेरिका – संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सहरमा रहेको कुइन्सको जमैकामा स्थायी रूपमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरु संगठित भएका छन् । उक्त क्षेत्रमा बसेका नेपालीहरुलाई एउटै संस्थामा आबद्ध गराई आपसी मित्रता र भाइचारा स्थापित गर्ने उद्देश्यले सामाजिक संस्था स्थापना गरीएको छ ।

लामो समयदेखि अमेरिकामा रहेका सामाजिक व्यक्तित्व कृष्ण आचार्यको सक्रियतामा जमैका नेपाली सोसाइटी नामक संस्था स्थापना गरीएको छ । न्यूयोर्क जमैकामा रहेका करिब पचास बढि नेपालीहरुको सहभागितामा भएको छलफलबाट प्रवासी नेपाली एकता मञ्च अमेरिकाका केन्द्रीय सदस्य समेत रहेका कृष्ण आचार्यकै अध्यक्षतामा जमैका नेपाली सोसाइटी नामक संस्था स्थापना गरीएको हो ।

संस्थाको उपाध्यक्षमा नेवाङ्ग गुरूङ्ग, सचिवमा भिम न्यापाने र कोषाध्यक्षमा मुना ओझा रहेका छन् । यसैगरी सदस्यहरूमा डा प्रेम तिम्सिना, राजेश ढुंगेल, राम कार्की, पुस्कर खनाल र कृष्ण लामिछाने रहेका छन् ।

भेलाले जमैकामा बस्ने नेपालीहरूको सम्पर्कलाई व्यापक बनाउने, संस्थामा जमैकामा बस्ने नेपालीहरुलाई संगठित गर्दै लाने र नेपाली संस्कृतिको जगेर्ना गर्दै त्यहाँ बस्ने नेपालीहरुलाई थप गोलवन्द गराउँदै लैजाने निर्णय गरेको छ ।

जमैकामा घर किनेर स्थायी बसोबास गरिसकेका वा गर्ने तयारीमा रहेकाहरुसँग संस्थाले व्यापक सम्पर्क स्थापित गर्दै जाने र आवश्यक्ता अनुसार संस्थालाई विस्तार गर्दै लगिने भनिएको छ । – मकालु खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*