उद्योगपति विनोद चौधरी कोरोना संक्रमणमुक्त

तामसालिङ खबर
२१ भाद्र २०७७, आईतवार १०:४५

भदौ, काठमाण्डौ – उद्योगपति विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन् । आफु कोरोना संक्रमणमुक्त भएको बारे चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले शनिबार एक ट्वीट गर्दै सबैको मायाले आफु १० दिनमै कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनी घरमै आइसोलेसनमा बसेका थिए । उनको शनिवार गरिएको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

उनले ट्वीटमा भनेका छन् – ‘तपाईहरुको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो उर्जा दियो । त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणमुक्त भएको छु ।’

मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाई र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु । यहाँहरुको यस्तै माया पाइरहुँ, धन्यबाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*