कोरोना कोषमा थप १० करोड निकासा

तामसालिङ खबर
२१ भाद्र २०७७, आईतवार ०९:३८

भदौ, जनकपुर – प्रदेश २ सरकारको कोरोना कोषमा थप १० करोड रुपैयाँ निकासा गरिने भएको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को शुक्रवारको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो ।

कोभिड–१९ नियन्त्रण तथा उपचार प्रयोजनका लागि रकम अभाव भएपछि थप १० करोड निकासा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*