कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डा सुजितकुमार साहको दिल्लीमा शव फेला

तामसालिङ खबर
२० भाद्र २०७७, शनिबार १४:४४

भदौ, एजेन्सी – कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४१ वर्षीय डा. साहको हिजो शव फेला परेको थियो ।

मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिराहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्यमले डा. साहले आत्महत्या गरेको दावी गरेका छन् ।

आफू बस्ने फ्ल्याटको भुइँमा उनको शव फेला परेको थियो । प्रहरीले ८ औँ तलाको बालकोनीबाट हामफालेर डा.साहले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । परिवार हिमाञ्चल प्रदेशमा बस्ने भएकाले उनी फ्ल्याटमा एक्लै थिए ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका साहले एम्सबाट एमसिएच गरेका थिए । उनका दर्जनौँ लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । छोटाे समयमा डा.साहले कलेजो प्रत्यारोपणमा भारतमै चर्चा प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*