अन्तर्राष्ट्रिय उडान र सीमानाका भदौ ३० गते सम्म बन्द

तामसालिङ खबर
१५ भाद्र २०७७, सोमबार ०६:०६

भदौ, काठमाण्डौ – गत चैतबाट बन्द रहेको अन्तर्राष्ट्रिय उडान यही भदौ ३० गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेकाले अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडान नखुल्दा विदेशबाट आउने नेपाली र विदेश जानेहरुमा समस्या छ ।

समस्या भएपनि कोरोनाको महामारी भएकाले तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णयमा सरकार पुगेको हो । सरकारले भदौ ३० गतेसम्म सीमा नाका क्षेत्र सिल नै राख्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*