कतारमा कामदारले अब देखि न्यूनतम १८ सय रियाल तलब पाउने

योगेन्द्र योगी
१५ भाद्र २०७७, सोमबार ०९:०३

भदौ, दोहा – कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै श्रमिकको न्यनूतम तलब वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने निर्णय गरेको छ । कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् ।

कतार सरकारको यो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ ।

कतारका श्रम मन्त्री युसुफ मोहम्मद अल ओथमन फक्रहुले भने–“कतार आधानिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ । कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुने छ जहाँ श्रमिक, रोजगारदाता तथा कतारले लाभ प्राप्त गर्नेछ ।” सरकारी राजपत्रमा प्रकाशित भएपछि ६ महिनाभित्रमा लागु हुने जनाइएको छ ।

अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवास सहित न्यूनतम तलब १ हजार ८ सय रियाल हुनेछ ।

कतार पहिले देखिनै नेपाली कामदारहरुको आकर्षक थियो भने अब सरकारले न्युनतम तलब तोकेपछि अझ रोजगारीको आकर्षक गन्तब्य बन्नेछ । कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*