आशिष अस्लामीको ‘तिम्रो माया’ (भिडियो)

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार १७:४४

भदौ, हेटौडा – मकवानपुरे युवा गायक आशिष अस्लामी मगरको नयाँ गीत ‘तिम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आशिषकै शब्द, संगीत र आवाजमा तयार भएको गीतलाई सुमन तामाङले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई आफ्नौ अफिसियल युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरिएको हो ।

गीतको म्यूजिक भिडियोमा आशिष संगै भुपेन्द्र राना र रिता केसीले अभिनय गरेका छन् । राना र केसि दुबैको यो डेब्यु म्युजिक भिडियो हो ।

अजय वाईबाको छायाँकन, निर्देशन र सम्पादनमा म्यूजिक भिडियो बनेको हो । म्युजिक भिडियोको कथा गायक अस्लामीले नै तयार पारेका हुन् । गीतलाई मकवानपुरको विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ ।

उनको यसअघि नै मिस नगर सानु, क्या राम्री, रुपसिका आँखा लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*