हात धुने ट्याङ्की र हाइजेनिक कीट सहयोग

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार ०६:१३

भदौ, हेटौँडा – नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाद्वारा मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटार आइशोलेशनमा हात धुने ट्याङ्की र संक्रमित १३ महिलाहरुलाई हाइजेनिक कीट सहयोग हस्तान्तरण भएको छ । आईसोलेशन वार्डमा आवश्यक रहेको उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

आइसोलेसनलाई थप ब्यवस्थित बनाउनको लागि ति सामग्री हस्तान्तरण गरिएको रेडक्रम शाखा मकवानपुरले जनाएको छ । सहयोगबाट आइसोलेसनलाई थप ब्यवस्थापन गर्न प्रेरणा मिलेको आइसोलेसन सहयोग तथा समन्वय समितिका स्वास्थ्य संयोजक उत्सब चौँलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*