विश्वभर १ करोड ६६ लाख मानिस कोरोनाबाट निको

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार ०८:४२

भदौ, एजेन्सी – विश्वभर एक करोड ६६ लाख मानिस कोरोना भाइरसको सङक्रमणबाट निको भएका छन् । वल्डमिटरका अनुसार दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार जना निको भएका छन् ।

सबैभन्दा धेरै ५९ लाख २४ हजार जनामा संक्रमण भएको अमेरिकामा ३२ लाख ५१ हजार जना निको भएका छन् । अमेरिकामा एक लाख ८२ हजार भन्दा धेरेको ज्यान गएको छ ।

विश्वभर कोरोनाका कारण आठ लाख २२ हजार चार सय जनाको ज्यान गएको छ । छिमेकी देश भारतमा अहिले सम्म ३२ लाख ३१ हजारमा संक्रमण पुष्टि भएकोमा ५९ हजार ६ सय जना मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*