आईपीएलको खेल तालिका यो साता सार्वजनिक हुने

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार ०९:३९

एजेन्सी – भारतीय फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका यसै साता सार्वजनिक हुने भएको छ । सेप्टेम्बरको तेस्रो साताबाट सुरु हुने १३ औं संस्करणको आईपीएलको तालिका यसै साता सम्म सार्वजनिक गर्ने आयोजकको योजना छ ।

कोरोना भाइरसको महामारीको कारण भारतमा आयोजना सम्भव नभएपछि दुबईमा आयोजना हुने यस प्रतियोगितामा सहभागिता जनाउन फ्रेन्चाइज टिमहरू दुबई पुग्ने क्रम जारी छ ।

१९ सेप्टेम्बरबाट सुरु हुने प्रतियोगिताका लागि दुबई पुगेपछि टिमले कम्तीमा ६ दिनको क्वारेन्टाइन बस्नु पर्नेछ । प्रतियोगिता नजिकिँदै जाँदा पनि खेल तालिका सार्वजनिक भएको छैन ।

मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले समेत प्रतियोगिताको खेल तालिका सार्वजनिक नभएको भन्दै चासो देखाएका छन् । शर्माले सामाजिक सञ्जालमा महेन्द्र सिंह धोनीको सन्यासलाई बधाई दिँदै १९ सेप्टेम्बरको टसमा भेट्ने बाचासमेत गरेका छन् ।

आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि उद्घाटन खेलमा साविकको विजेता मुम्बईले उपविजेता धोनीको टिम चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*