यी हुन् शरीरको राेग प्रतिरक्षा बढाउने खानेकुरा

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार ०९:०३

रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । शरीरलाई छिटै रोगले आक्रमण गर्नसक्छ ।

रोग सँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ । त्यसका लागि लसुन, अदुवा, बदाम, बेसार र अमिला फलफूल खानु उपयुक्त हुन्छ ।

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ । तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*