बागमती प्रदेशले भक्तपुरमा ५ सय शैयाको आइसोलेसन संचालनमा ल्याउने

तामसालिङ खबर
८ भाद्र २०७७, सोमबार ०७:०३

भदौ, काठमाडौं – बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालको मातहतमा ५ सय शैयाको आइसोलेसन संचालनमा ल्याउने भएको छ । शनिबार प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले अस्पतालको अनुगमन गरेका छन् ।

चागुँनारायण नगरपालिका वडा नं ७ को खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा आइसोलेसन संचालनको तयारी अघि बढाइने भएको हो । अनुगमनको क्रममा मन्त्री दुलालले ३ सय बेडको आइसोलेसनका लागि समन्वयको काम अघि बढाइने बताए । अहिले प्राधिकरणको तालिम केन्द्रमा २ सय बेडको कोरोना संक्रमित राख्न सकिने आइसोलेसन संचालनमा छ ।

भक्तपुर अस्पतालमा अहिले एनआइसीयू ६ र भेन्टिलेटरसहितको आइसीयू ६ बेड संचालनको तयारीमा रहेको छ । अहिले २० बेड भक्तपुर अस्पतालको कोभिड ब्लकमा र २ सय बेड खरिपाटीस्थित आइसोलेसनमा संचालनमा आइसकेको छ । खरिपाटीमा अब ३ सय बेडको आइसोलेसनको संचालनका लागि प्रदेश सरकारले काम अघि बढाएको हो ।

प्राधिकरणसँगको समन्वयमा थप ३ सय बेड थप गरेर ५ सय बेड पुर्याइने मन्त्री दुलालले बताए । यसअघि प्रदेश सरकारले सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रसुवामा २५ शैयाको आइसोलेसन थप गर्नेगरी काम सुरु गरिसकेको छ । त्यस्तै, धादिङ, नुवाकोट र सिन्धुलीको सदरमुकाममा ५० शैया, मकवानपुरमा २०० शैयाको आइसोलेसन संचालनमा ल्याउनेगरी काम भइरहेको छ ।

प्रदेश सरकारले सिन्धुली, धादिङ र नुवाकोटमा ४ शैया, हेटौंडा र भक्तपुरमा १० शैयाको आइसीयू पनि संचालनमा ल्याइनेगरी काम अघि बढाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*