मकवानपुरमा थप १६ जनामा कोरोना पुष्टि

तामसालिङ खबर
७ भाद्र २०७७, आईतवार १६:५७

भदौ, हेटौडा – मकवानपुरमा आईतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार प्राप्त रिपोर्ट अनुसार ४ जना महिला र १२ जना पुरुष गरि थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु ९ देखि ९३ वर्ष सम्मका रहेको र उनिहरु सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

आइतबार सार्वजनिक गरिएको नतिजा गत साउन ३२ गते, र भाद्र १ र २ गतेकाे छुटपुट बाँकी रहेका तथा थप स्वाब संकलन भएका ९३ मध्ये १६ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*