पुजारी हत्यामा संलग्न दोषीलाई कारबाही गर्न कांग्रेस उपसभापति निधिको माग

तामसालिङ खबर
८ भाद्र २०७७, सोमबार १०:४३

भदौ, धनुषा – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रौतहटमा भएको पुजारी हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार सँग माग गरेका छन् ।

उपसभापति निधिले सामाजिक सञ्जाल ट्वीटरमार्फत अपराधीहरुलाई खोजी गरेर कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् । उनले पूजारी हत्या भएको ५ दिन बितिसक्दा समेत अपराधीहरुलाई पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।

निधिले पूजारीको हत्या विषयमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन उपसभापति निधिले ट्विट मार्फत माग गरेका हुन् । उनले भनेका छन्- ‘रौतहटको माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको खाना खाइरहेको बेला गोली हानेर हत्या भयो ।

घटनाको चारदिन बितिसक्दासमेत सरकारले केही गरेको छैन् । शीघ्र हत्याराको खोजी गरि कडाभन्दा कडा कारबाहीको माग गर्दछु, पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले भनेका छन् ।

रौतहटको माधवनारायण नगरपालिका-२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो । घटनाको पाँचदिन भइसकेपनि प्रहरीले अहिलेसम्म संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*