विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

तामसालिङ खबर
६ भाद्र २०७७, शनिबार ०९:५६

भदौ, काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म संसारभर ८ लाख २ हजार ३ सय ६३ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ७९ हजार १ सय ९८ र ब्राजिलमा १ लाख १३ हजार ४ सय ५४ जनाको ज्यान गएको छ । भारतमा ५५ हजार ९ सय २८, मेक्सिकोमा ५९ हजार १ सय ६ र बेलायतमा ४१ हजार ४ सय ५ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या पनि बढेको छ । अहिलेसम्म २ करोड ३० लाख ९८ हजार ८४ संक्रमितमध्ये १ करोड ५६ लाख ९० हजार १७ जना उपचारपछि घर फर्किएका छन् भने ६१ हजार ८ सय ५० जनाको अवस्था गम्भीर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*