कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

तामसालिङ खबर
६ भाद्र २०७७, शनिबार ०६:४१

भदौ, काठमाडौं – नेपालमा शुक्रबार रातीसम्म १३७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती दिएको जानकारी अनुसार अहिलेसम्म ४२ जिल्लाका १३७ जनाको ज्यान गइरसेको छ ।

जसमा शुक्रबार मात्रै ११ जना कोरोना संक्रमतको ज्यान गएको छ । तथ्याङ्कमा सबैभन्दा धेरै ज्यान गुमाउने प्रदेश २ मा रहेका छन् । प्रदेश २ मा मात्रै ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै बाग्मती प्रदेशमा २९ संक्रमितको मृत्यु भएको तथ्याङ्कमा छ ।

 

गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमितको मृत्यु तथ्याङ्कमा बताइएको छ । कर्णालस् प्रदेशमा जम्मा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ ३ जिल्लाका संक्रमितको मात्रै ज्यान गएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा ८ जना संक्रमितको मृत्यु भएको छ। प्रदेश ५ मा १० जिल्लाका संक्रमितको ज्यान गइसकेको छ । प्रदेश ५ मा १७ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै प्रदेश १ का २ जिल्लाका १४ जनाको ज्यान गएको छ । प्रदेश १ का सुनसरी र मोरङका संक्रमितहरुले ज्यान गुमाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*