मृत्युपछि हेटौँडाका एकजनामा कोरोना पुष्टी, मृतकको संख्या ३ पुग्यो

तामसालिङ खबर
६ भाद्र २०७७, शनिबार ०७:२६

भदौ, हेटौडा – कोरोनाको कारण मकवानपुरमा शुक्रबार थप एकजना मृत्यु भएको छ । रुघाखोकी ज्वरोको समस्या आएपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुगेको उनको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्युपछि कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पारिबारिक स्रोतले जनाएको छ । परिवारको सदस्यले पुन: परिक्षणको लागि आग्रह गरेपछि पुन परिक्षण गर्दा पनि पोजेटिभ आएको हो ।

यसअघि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ र १९ मा पनि मृत्युपछि दुईजनामा कोरोना पुष्टि भएको थियो । मकवानपुरमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*