कोरोना संक्रमित पुरूष मनहरी ५ को नभई मनरा ५ महोत्तरी रहेको पुष्टी

ताम्सालिङ खबर
५ भाद्र २०७७, शुक्रबार १२:२६

भदौ, हेटौडा – मकवानपुरको मनहरी गाउपालिका ५ मा ७४ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको सुचना बिहानै चर्चामा रह्यो ।

मनहरी ५ को नभई मनरा ५ महोत्तरी जिल्लाको ठाकुर थर गरेको बिरामी रहेको मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतीले पुष्टी गर्नु भयो । सुचना थाहा पाउने बितिकै हामीले बिहानै हालको मनहरी ५ र साबिकको मनहरी ५ प्रतापुर रमौली तर्फ सोधपुछ गरे ।

त्यता कुनै फेला नपरेपछि पुन: अस्पतालको स्वास्थ्यकर्मी र बिरामीको छोरा संग पनि बुझे । बिरामी हाम्रो गाउपालिकाको हैन, ति पुरुषको प्रतिवेदनमा गलत ठेगाना भएकाे र वास्तविक ठेगाना मनरा शिसवा नगरपालिका ५ महाेत्तरी रहेको अध्यक्ष उप्रेतीले बताए ।

भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको परिक्षणमा ७४ वर्षीय बृद्धमा संक्रमण पुष्टि भएको हो । उनी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*