गायक रोम लामा ब्लेन्देनको ‘महेन्द्र माली’
भदौ, हेटौडा – गायक रोम लामा ब्लेन्देनले म्हेंदोमाया गीत ‘महेन्द्र माली’ डान्सिङ्ग नम्बर रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ ।
प्रवासमा रहेर पनि आफ्नो भाषा संस्कार संस्कृतिको जगेर्ना गर्न को लागि गायक लामाले निरन्तरता तामाङ भाषा को पश्चिम क्षेत्र धादिङ, नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेंदोमाया गीतको भिडियो बजारमा ल्याइरहेको छ ।
गायक रोम लामा र गायिका टीकामाया चोथेनको मिठो अवाजमा सजिएको यस गीतको संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकरको रहेको छ ।
शब्द रचना आर बि वाङ्देन लामाको छ भने संगीत संयोजक अमृत लाव्गुनको रहेको छ । कलाकार सुरज लामा र रितु लामाको अभिनय देख्न पाउने छ । निर्देशन र कोरियोग्राफर देव दोर्जे लामाको रहेको छ ।