प्रदेश २ को सञ्चार विधेयक फिर्ता

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार ०६:४७

भदौ, धनुषा – प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन ।

प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियार समक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटि रहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाएको बताइएको छ ।

विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनसमेत नमिलेको कारण देखाउँदै प्रदेश सरकारलाई फिर्ता पठाएको प्रदेश प्रमुखका सचिव पदम विश्वकर्माले जानकारी गराए ।

प्रदेश नं २ सरकारको विधेयकले प्रेसमाथि अङ्कुश लगाएको र प्रेस विरोधी रहेको भन्दै विधेयक फिर्ता लिन नेपाल पत्रकार महासङ्घ प्रदेश २ ले माग गर्दै आएको अध्यक्ष दीपेन्द्र चौहानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*