टीएसएका पुर्बमहासचिब तामाङ अमेरिकामा निधन

तामसालिङ खबर
४ भाद्र २०७७, बिहीबार ०७:२४

भदौ, अमेरिका – तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व महासचिव तथा तामाङ कल्चर तथा वुद्धिष्ट सेन्टरका ट्रष्टी सदस्य पोखरा निबासी अमर माम्बा तामाङको अमेरिकामा निधन भएको छ ।

न्युयोर्कमा बस्दै आएका ३८ बर्षीय अमर तामाङको स्थानीय समय अनुसार बुधबार विहान ३ बजे निधन भएको तामाङ सोसाइटी अफ अमेरिकाका पुर्वअध्यक्ष शान्त बाबु थोकरले जानकारी दिए ।

उनका अनुसार कलेजो क्यानसरको कारण तामाङको निधन भएको हो । ‘सम्भव भयो भने उहाँको पार्थीव शरीरलाई नेपाल पठाउने छौं’,उनले भने,‘प्रयास गर्दा पनि सफल भएन भने अमेरिकामा नै व्यवस्थापन गर्नेछौं । यस विषयमा छलफल भइरहेको छ ।’

उनी तामाङ सोसाइटि अफ अमेरिकाका पुर्व महासचिव समेत हुन् । यस्तै, नेपाली कांग्रेस जनसम्पर्क समितिका न्युयोर्क च्याप्टरका उपाध्य समेत थिए ।

उनि हाल नेपाली जनसंपर्क समिती अमेरिका, न्यूयोर्क च्याप्टरमा उपसभापति र कास्की समाज अमेरिकामा महासचिव रहनुका साथै विधार्थी जीवन देखिनै विभिन्न संघ संस्थामा आवद्ध रहि समाजमा सक्रिय भुमिका खेल्दै आईरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*