नेपालमा थप ६ सय ८१ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १७:२९

भदौ, काठमाडौं – नेपालमा बुधबार विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो । हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

त्यस्तै, २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । हाल सम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ । विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*