चितवनमा ४६ जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार १३:३६

भदौ, चितवन – चितवनमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४२ जना राप्ती नगरपालिकाको सशस्त्र गणमा कार्यरत प्रहरी छन । उनीहरु गणभित्रै सुरक्षित क्वारेन्टाइनमा रहेका छन । संक्रमित २ जना महिला छन ।

ती बाहेक भरतपुर ५,७,८ र १० का एक एक जना महिला पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चितवनको भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनको ४६ जना सहित मकवानपुरको १, बाराको २ र गोरखाका १ जनामा कोरोना देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*